राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् । उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न