निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालतका कर्मचारीहरूले निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको जानकारी कार्कीका कानुन व्यवसायीलाई दिएका छन्। कार्कीका कानुन व्यवसायीहरू बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। तर अदालतका कर्मचारीहरूले निवेदन अध्ययन गर्न