काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता रहेको उल्लेख गरे। उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेका लागि कुर्सी राखिदिने किसिमको अभ्यासमा आफूहरू नरहेको बताए।सरकार र पार्टी दुवैका कामकारबाहीबारे कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल