काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताएका छन्।नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन परिणाममुखी र नतिजामुखी हुनुपर्ने बताएका हुन्। उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। यसका लागि निजी क्षेत्रलाई पनि सरकारले सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ छ। मन्त्री वाग्लेले पूर्वाधार