ब्याटिङ नचल्दा विराटनगरले काठमाडौंलाई दियो ८४ रनको लक्ष्य

  • बिहीबार २० कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १५ औं खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सको ब्याटिङ नचल्दा १८.३ ओभरमा ८३ रन बनाउँदै अलआउट भएको हो। विराटनगरको लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विराटनगरले ६ रन जोड्न ४ विकेट गुमायो। पहिलो विकेटको रुपमा सेहान जयसुरिया ५ रन र अर्का ओपनर लोकेश बम ६ रनमा आउट भए। इम्रान शेख, ना