काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताएका छन् । नेपाल पूर्वाधार सम्मेलनको बारेमा आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले विगतमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलनभन्दा बिल्कुलै फरक किसिमको ब्राण्ड स्थापित गर्न आवश्यक काम गरिरहेको दाबी गरेका हुन् । ‘हामीले