काठमाण्डु- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिहीबार बिहान भेटवार्ता गरेका छन्। बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण, नेपाल-भारत द्विपक्षीय सहकार्य, विपद् व्यवस्थापन, ऊर्जा, व्यापार तथा पारवहनलगायतका विषयमा छलफल भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा-भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि भारत