नेपाली कांग्रेस रसुवाको सभापतिमा उपेन्द्रराज लम्साल सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम धुन्चेमा सम्पन्न कांग्रेस इतर समूहको १५औँ नियमित जिल्ला अधिवेशनले लम्साललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट दुईवटा प्रदेशसभा क्षेत्रीय समिति र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन भएका छन्। प्रदेशसभा क्षेत्र (क) को सभापतिमा तेम्पा नुर्पु तामाङ र (ख) को सभापतिमा धनबहादुर