काठमाडौं : नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। सरकारले गरेको बर्खास्तीको निर्णय गैरकानुनी, स्वेच्छाचारी र कानुनी प्रावधान विपरीत रहेको दाबी गर्दै कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। कार्कीका कानुन व्यवसायी अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्च अदालतमा रिट पठाइएको छ। अदालतले हाल उक्त रिट निवेदनको अध्ययन गरिरहेको र दर्ताको प्रक्रिया अघि बढिरहेको उनले बताएका छन्। के थियो विवाद? सरकारले केही दिनअघि मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा तथा नियुक्त ... The post आईजीपी पदबाट हटाइएका दानबहादुर कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दायर appeared first on Kalika Khabar.