घरायसी विवादमा ससुराली पुगेर श्रीमतीमाथि छुरा प्रहार गर्ने श्रीमान् पक्राउ

  • बिहीबार २० कात्िक २०८३ ०६:०० PM
सिमरा : घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्।अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए।माइतीमा रहेकी श्रीमतीलाई कुरा गर्नु छ भन्दै न