काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ।सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ हुने समिति सभापति बो