लुम्बिनीको लगातार तेस्रो जित, जनकपुरको तेस्रो हार

  • बिहीबार २० कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को १४ औं खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।लुम्बिनीले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ८ विकेटको क्षतीमा १३३ रन मात्रै बनाउन सक्यो। जनकपुर बोल्ट्सको लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाए। उनले २० बलमा ३ छक्का प्रहार