बालेन र रविलाई भेटेर स्वदेश फर्किए भारतीय विदेश सचिव

  • बिहीबार २० कात्िक २०८३ ०५:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्किएका छन्।प्रधानमन्त्री शाहलाई औपचारिकरूपमा भारत भ्रमणको निम्तो दिन दुई दिनका लागि काठमाडौं आएका मिश्रीले उच्च स्तरीय राजनीतिक भेटघाट गरे।बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले प्रधानमन्त्री शाहसँग भारत भ्रमण र त्यसक्रममा उठाउनुपर्ने एजेण्डाका विषयमा छलफल गरेका थिए। उनीहरूबीच भारत भ्रमणको मितिबारे पनि छलफल भएको स्रोतको दाबी छ।