काठमाडौं : नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै माटाका भाँडाकुँडा बनाउने काम तीव्र बनेको छ। भक्तपुरको ऐतिहासिक पोटेरी स्क्वायरका कुमालेहरू माटोका भाँडाकुँडा बनाउन र सुकाउन व्यस्त छन्। विशेष गरी तिहारमा दीप प्रज्वलनका लागि चाहिने पाला (दियो), धुपौरो, घैँटो तथा अन्य परम्परागत माटोका सामग्रीहरूको माग उच्च हुने भएकाले यहाँका स्थानीयलाई यतिबेला भ्याइनभ्याइ छ। तस्बिर : अभिषेक महर्जन