काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्याटिङ र बलिङ दुवै विधामा घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आफ्नो क्षमता देखाएका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न भइसक्दा नेपाली खेलाडीको प्रदर्शनले विशेष चर्चा पाउन थालेको छ । यसअघिका संस्करणमा सुरुआती चरणमै विदेशी