काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति-सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल