तानसेन : बाँझो र प्रयोगविहीन जमिनलाई सदुपयोग गर्दै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा ईन्दिरा कोईराला र छोरा खिमराज कोइरालाले प्रस्तुत गरेका छन्। उनीहरूले चार रोपनी बाँझो जमिनमा व्यावसायिक फूल खेती सुरु गरेर यस वर्षको तिहार तथा दीपावलीको मौसममा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्। रैनादेवी छहरा गाउँपालिका–२ मा रहेको धर्तीमाता कृषि फार्ममार्फत कोइराला दम्पतीले फूल खेतीलाई व्यावसायिक रू