काठमाडौं : भारतको झारखण्डस्थित बोकारो जिल्लामा पर्ने कथारा कोइला खानीमा कोइलाको थुप्रो भासिएर दुर्घटना हुँदा कम्तीमा तीन जना मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। स्थानीय बेर्मोका एसडीपीओ रविन्द्र सिंहले घटनाको पुष्टि गरेका हुन्। उनका अनुसार मृतक तिनै जना महिला रहेका छन् । एसडीपीओ सिंहका अनुसार दुर्घटनास्थल सेन्ट्रल कोलफिल्ड्स लिमिटेड (सीसीएल) अन्तर्गतको 'रिजेक्सन' (खेर गएको) कोइलाको थुप्रो रहेको क्षेत्र हो। बिहान करिब ५:०० बजे स्थानीय महिलाहरू इन्धनका रूपमा प्र