काठमाण्डु–नेपालका लागि संयुक्त राज्य अमेरिकाको कार्यबाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्टरूमन्त्री खनालको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो ।