बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव

  • बिहीबार २० कात्िक २०८३ ०७:४९ AM
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को नयाँ पैरवी प्रतिवेदनले नेपालका बालबालिकामा बढ्दो जलवायु र वातावरणीय जोखिम सम्बोधनका लागि बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सुझाएको छ । युनिसेफले आज सार्वजनिक गरेको प्रतिवेदनले नेपालका लाखौँ बालबालिका बढ्दो जलवायु, वातावरणीय तथा विपद्का जोखिमबीच हुर्किरहेकाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा तथा भविष्यमा गम्भीर असर गरिरहेकोतर्फ सचेत गराएको छ