सुगर मिलको जग्गा संरक्षण गर्दै बढैयातालले बनायो प्रशासनिक भवन

  • बिहीबार २० कात्िक २०८३ ०९:०२ AM
बर्दिया । बढैयाताल गाउँपालिकाले प्रशासनिक भवन सञ्चालनमा ल्याएको छ । उक्त भवन वर्षौँदेखि संरक्षणविहीन अवस्थामा थियो । बर्दिया सुगर मिलको जग्गा संरक्षण गर्ने उद्देश्यले उक्त भवन सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ । गाउँपालिकाले हदबन्दीभन्दा बढी रहेको सुगर मिलको जग्गामध्ये सात कठ्ठा क्षेत्रफलमा तीनतले प्रशासनिक भवन निर्माण गरी चालु आर्थिक वर्षको साउनदेखि सेवा सञ्चालनमा ल्याएको हो