परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।