लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य

  • बिहीबार २० कात्िक २०८३ ०८:५७ AM
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो । जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका बिशाल सुस्लिङ, र राहुल यादवले २/२ विकेट हात पारे । लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । ... The post लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य appeared first on Kalika Khabar.