काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १४ औं खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको हो। लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे।पहिलो विकेटको रुपमा ओपनर डार्सी सर्ट गोल्डेन डक हुँदा दोस्रो विकेटको रुपमा अर्का ओपनर आसिफ शेख २१ रन