आईजीपी फेरबदलले रास्वपाको संसदीय दलको बैठक अन्योलमा

  • बिहीबार २० कात्िक २०८३ ०८:१० AM
काठमाडौँ : नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदलको निर्णयलाई लिएर सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच मतभेद देखिएकाे छ । जसकाे कारण पार्टीको संसदीय दलको बैठक नै अनिश्चित बनेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । तर, पार्टीलाई पूर्वजानकारी नदिई आईजीपी परिवर्तन गरेपछि रास्वपाभित्र असन्तुष्टि बढाएको छ । आईजीपी नियुक्तिको विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलले सार्वजनिक रूपमा फरक धारणा राखेपछि पार्टीभित्र थप अन्योल सिर्जना भएको ... The post आईजीपी फेरबदलले रास्वपाको संसदीय दलको बैठक अन्योलमा appeared first on Kalika Khabar.