काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १४ औं खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा मध्यम सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले पावरप्लेमा १ विकेटको क्षतिमा ३९ रन बनाएर खेलिरहेको छ। लुम्बिनीले पहिलो विकेटको रुपमा डार्सी सर्टलाई गोल्डेन डकको रुपमा गुमायो। हाल क्रिजमा आसिफ शेख १७ र निरोशन डिकवेल्ला २२ रन बनाएर खेलिरहेका छन्। जनकपुर बोल्ट्सको लागि एक मात्र विकेट ललित नारायण राजवंशील