सौराहामा छैन ‘शौचालय’,  पर्यटक होटल धाउन बाध्य

  • बिहीबार २० कात्िक २०८३ ०२:०० PM
चितवन : चितवनको सौराहा घुम्न पुगेकी धनगढीकी स्तुति गजमेरका लागि घुमफिरको एउटा सामान्य आवश्यकता नै असहज अनुभव बन्यो। पर्यटकीय क्षेत्रको मुख्य बजारमा सार्वजनिक शौचालय खोज्दा उनले सहजै भेटिनन्। अन्ततः शौचालय प्रयोग गर्न होटल तथा रेस्टुरेन्ट खोज्दै हिँड्नुपर्‍यो। कतिपय होटलमा केही नखाई शौचालय प्रयोग गर्न अप्ठ्यारो मान्नुपर्ने अवस्था पनि आयो।पर्यटकको बाक्लो चहलपहल रहने सौराहामा शौचालयजस्तो आधारभूत सुविधा नपाउनु उनलाई अस्वाभाविक लाग्यो। विशेषगरी महिला पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत