काठमाडौं : आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ। महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। नेपाली किसानहरूले उत्पादन गरेको फूल, मालाहरू सरोकारवाला निकायहरूसँगको समन्वयमा महानगर प्रहरी बलले बिक्री वितरणका लागि