काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आधार बनाएर अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकले विभिन्न बेटिङ साइटमार्फत झण्डै ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्। काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएलका खेलहरू सञ्चालन भइरहेका बेला प्रतियोगितालाई लक्षित गरी अनलाइन माध्यमबाट सट्टेबाजी भइरहेको सूचना प्रहरीसमक्ष पुगेको थियो। सोही सूचनाका आधारमा अनुसन्धान अघि ... The post एनपीएलमा अनलाइन बेटिङ चलाउने युवक पक्राउ appeared first on Kalika Khabar.