मुगु : सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी संघीयता’ भन्ने मूल नारासहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन मुगुको रारामा सुरु भएको छ।कर्णाली प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका हुन्। सम्मेलनमा महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलसहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको उपस्थिति रहेको छ।सम्मेलनको पहिलो दिन उद्घाटन समारोहसँगै सातै प्रदेशका मुख्य न्यायाध