नेपाली क्रिकेट आज एउटा खेलमात्र होइन, राष्ट्रिय गौरव, युवा पुस्ताको सपना र अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान स्थापित गर्ने माध्यम बनेको छ। सीमित स्रोतसाधन, कमजोर पूर्वाधार र अनेकौं कठिनाइका बीच खेलाडीले देखाएको प्रतिभा, साहस र समर्पणले करोडौं नेपालीको मन जितेको छ। तर लोकप्रियता बढ्नु र क्रिकेटको दिगो विकास हुनु एउटै कुरा होइन।अबको चुनौती प्राप्त उपलब्धिमा रमाउनु होइन, त्यसलाई स्थायी सफलतामा बदल्नु हो। नेपाली क्रिकेटको विगत संघर्षले भरिएको छ, वर्तमान उपलब्धि र चुनौतीको संगम बनेको छ र भवि