सहज न्यायका लागि मेलमिलाप प्रणाली

  • बिहीबार २० कात्िक २०८३ ०१:०१ PM
सरकारले मेलमिलापसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्ने विधेयकलाई अघि बढाएको छ। जसले मेलमिलापसम्बन्धी कार्यलाई पक्कै नतिजामुखी बनाउनेछ। मानव समाजलाई विविध विचार, आवश्यकता, स्वार्थ, अपेक्षा र सम्बन्धहरूको संगम मानिन्छ। व्यक्तिको सोच, व्यवहार, आर्थिक अवस्था, सामाजिक पृष्ठभूमि तथा अधिकार र दायित्वमा भिन्नता हुनु स्वाभाविक रूपमा लिइन्छ। यही भिन्नताका कारणले गर्दा व्यक्ति–व्यक्तिबीच, परिवारभित्र, समुदायमा, संस्थागत तहमा वा राज्य र नागरिकबी