साढे ९ वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आयो जगरनाथपुर गाउँपालिकाको कार्यालय

  • बिहीबार २० कात्िक २०८३ ०१:०१ PM
वीरगन्ज: पर्साको जगरनाथपुर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याइएको छ।विगत साढे ९ वर्षदेखि वडा नम्बर ४ जगरनाथपुरस्थित मदरसाको भवनमा सञ्चालन हुँदै आएको गाउँ कार्यपालिकाको कार्यालय बुधबारदेखि नवनिर्मित प्रशासनिक भवनबाट सञ्चालनमा ल्याइएको हो।बुधबार हिन्दू धार्मिक रीतिरिवाज अनुसार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले पूजापाठ गरेपछि पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रमेश रिजालले नवनिर्मित दुईतक्के प्रशासनिक भवनको उद्घाटन गरे।