काठमाडौं : तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियन आजबाट बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात कायम रहेसम्म बिक्री गरिने जनाएको छ। सूचनाअनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका चाँदीका मेडालियन (लक्ष्