एकै वर्ष दुई पिक, दुई बेसक्याम्प

  • बिहीबार २० कात्िक २०८३ ०१:०० PM
ओखलढुंगा: निजामती सेवाको व्यस्त दिनचर्या, सरकारी फाइलहरूको चाङ र प्रशासनिक जिम्मेवारी—यही दैनिकीभित्र रमाइरहेका नेपाल सरकारका अधिकृत पृथ्वी लिम्बूको परिचय यतिमा मात्र सीमित छैन। प्रदेश लेखा एकाइ कार्यालय, ओखलढुंगामा एकाइ प्रमुखका रूपमा कार्यरत लिम्बूको पहिचान अहिले एक साहसी आरोहीका रूपमा स्थापित भइसकेको छ।सरकारी सेवाका क्रममा जब उनी समुद्री सतहबाट करिब १ हजार ८ सय मिटरको उचाइमा रहेको ओखलढुंगा सदरमुकाम आइपुगे, उनको ध्यान त्यहाँको कार्यकक्षमा मात्र रोकिएन। ओखलढुंगाको उचाइबाट नियाल्दा आँखैअगा