काठमाण्डु- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरले टोलीमा परवेज होसेन र आदित्य महतालाई समावेश गरेको छ। यता लुम्बिनी लायन्सले अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई प्लेइङ-११ मा राखेको छ। दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्ने लक्ष्यमा