काठमाण्डु- नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई थप सहज र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सञ्चालनमा आएको यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न र प्रयोग गर्न सक्नेछन्। नयाँ सुविधाअन्तर्गत ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र बैंक शाखामा पुग्नुपर्ने झन्झटबिना नै