काठमाडौं । हठात रुपमा प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ । निर्वतमान आईजीपी दानबहादुर कार्कीले वारेसमार्फत सर्वोच्चमा रिट दायरका लागि प्रक्रिया अघि बढाएका हुन् । सर्वोच्चले रिटबारे अध्ययन गरिरहे पनि दर्ता भने भएको छैन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीबाट दानबहादुर कार्कीलाई हटाउँदै डा. मनोज केसीलाई जिम्मेवारी दिएको थियो ।