जोर्नी तथा घुँडा दुख्ने समस्याबाट बच्ने घरेलु उपायहरु के-के छन् ?

 काठमाण्डौँ - जाडो मौसममा अधिकाशं मानिसहरुमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्रने गर्दछ। पुषको महिना भएकाले राजधानी लगायत देशैभरको मौसम चिसो हुदै गइरहेको छ। यो मौसममा अधिकाशं मानिसमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्ने गर्दछ। 

जाडोमा हातखुट्टाका जोर्नी दुख्नु गम्भीर समस्या हो। एकपटक यस्तो समस्या देखियो भने यसबाट मुक्त हुन निकै गाह्रो हुने अनुभवीहरु बताउँछन। यसलाई बेवास्ता गर्दा भविष्यमा निकै ठुलो समस्या आउनसक्छ। जाडोमा नशा खुम्चने, रक्तसञ्चार उच्च हुने तथा मुटुसम्बन्धी समस्या हुने भएकाले हाड जोर्नीमा समस्या उत्पन्न हुन्छ र दुख्ने हुन्छ। कतिपयलाई त घुँडा दुखाइले हिँडडुल गर्न समेत समस्या हुन्छ।

शरीरलाई आवश्यक पर्ने भिटामिन ‘डी’ युक्त खानेकुरा दूध, हरियो सागसब्जी, अन्डा, लगायतका खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस। याद गर्नुहोस, भिटामिन ‘डी’ ले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ रहन सक्छ।


जोर्नी तथा घुँडा दुखाइबाट राहत पाउन निम्न घरेलु उपाय अपनाउन सकिन्छ।

१. कागतीको सेवनले पनि घुँडाको दुखाइ कम गर्छ। यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ।

२. अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाइमा एकदमै राम्रो काम गर्छ। यसलाई चियासँग सेवन गर्न सकिन्छ। अथवा यसको रस पिउँदा पनि हुन्छ। साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ।

३. तोरीको तेलः तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने। नियमित रुपमा तातो तेलले जोर्नी दुखेको ठाउमा मालिस गर्ने। यसो गर्दा घुँडाको दुखाइ कम हुन्छ।

४.सिधे नुनलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ।

५. घुँडाको दुखाइ कम गर्न बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो। बेसारमा रहने कुरक्युमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाइ कम गर्न सहयोग गर्छ।
६.मेवाको बिउ जोर्नी दुखाइको लागि अत्यन्तै उपयोगी हुन्छ। यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ। दुखाइबाट आराम मिल्छ।

७. दुखाइ छ भने मेथीको बिउलाई पनि पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ। यसले घुँडाको पीडा शान्त पार्छ।

८. घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने बढीभन्दा बढी गाजर खानुहोस। यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाइबाट छुट्कारा दिलाउँछ।

९. प्याजले पनि घुँडाको दुखाइबाट छुट्कारा दिलाउन सक्छ। काचै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ।

१०. कठिन शारीरिक अभ्यास बिना नै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योग गर्नुपर्छ। यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ। त्यसैगरी घुँडाको दुखाइ हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ।
११. क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। शरीरमा क्याल्सियमको कमीले गर्दा नै हड्डीको दुखाइ उत्पन्न हुने हो। त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ।
 
१२. खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ। साथै घुँडाको दुखाइमा पनि यसको प्रयोग गर्न सकिन्छ।

१३.. ओमेगा ३ फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ। यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ। दैनिक रुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाइ कम हुन्छ।