विद्यार्थी भिसामा कडाई गर्दै अष्ट्रेलिया, पर्यटक र कामदार भिसामा के छ ? 

काठमाडौँ - बेलायतले जस्तै अष्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको संख्या आधा घटाउने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासनसम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुने भएका छन् ।

अष्ट्रेलिया सरकारले दुई वर्षभित्र आप्रवासीको संख्या आधा घटाउने घोषणा गरेको हो । त्यसो भए हाल पाँच लाख बढीको संख्यामा रहेका आप्रवासीको संख्या साढे दुई लाखमा झर्नेछ । तर विदेशी विद्यार्थीको संख्या भने ६ लाख भन्दा बढी छ ।