काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले आफ्नो ३० वर्षे यात्रामा नवीकरणीय ऊर्जा प्रविधिमार्फत ३७ लाखभन्दा बढी घरपरिवारलाई लाभान्वित गराएको जनाएको छ। केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले सौर्य ऊर्जा, लघु जलविद्युत्, बायोग्यास र बायोमासको विकासलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिए। केन्द्रका अनुसार तीन दशकमा १० लाखभन्दा बढी घरेलु सौर्य प्रणाली, ४१ मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् आयोजना तथा लाखौँ स्वच्छ खाना पकाउने प्रविधि प्रवर्द्धन गरिएको छ। बायोग्यास कार्बन परियोजनाबाट सुरु ... The post एइपिसीको ३० वर्ष : ३७ लाखभन्दा बढी घरपरिवार लाभान्वित appeared first on Kalika Khabar.