सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

  • बिहीबार २० कात्िक २०८३ १२:०० PM
काठमाडौं :  नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको छ। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले वृद्धि भई प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको