काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन्। आईजीपी कार्कीको कार्यकाल १७ महिना बाँकी रहँदै हटाउने निर्णय गरिएको भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न गरेका हुन्। आङ्देम्बेले बिहीबार नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व