काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला २६५ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ३ हजार ९२० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।