काठमाण्डु – ‘परेलीमा’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’ जस्ता गीत नसुन्ने नेपाली संगीतप्रेमी सायदै होलान्। कुनै बेला क्यासेट र रेडियोमा सुनिने यी गीत अहिले पनि उत्तिकै लोकप्रिय छन्। यिनै गीतमार्फत् धेरै नेपालीको मन जितेको नेपाली रक ब्यान्ड १९७४ एडी अब पहिलोपटक क्यानडाको टोरन्टोमा गुञ्जिने भएको छ। आगामी नोभेम्बर ६ मा टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटरमा ब्यान्डले प्रस्तुती दिँदैछ।