काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले आफ्नो पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउने तयारी गरेका छन् । आईजीपी पदबाट हटाउने सरकारको निर्णयलाई कानुनी रूपमा चुनौती दिने तयारीस्वरूप कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए । उनीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि बिहीबार सर्वोच्च अदालत जाने तयारी गरिएको हो । मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय गरेपछि उनी कानुनी उपचारको बाटोमा अघि बढेका हुन् । सरकारले कार्कीलाई पदमुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. ... The post आईजीपीबाट पदमुक्त कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने appeared first on Kalika Khabar.