खरेलजस्तै कार्कीको पनि होला पुनर्बहाली ?

  • बिहीबार २० कात्िक २०८३ ०९:०० AM
काठमाडौं : सरकारले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई १७ महिना कार्यकाल बाँकी छँदै पदबाट हटाएको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरी प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै दोस्रो वरीयताका केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रमुख रहेका डा. केसी ३४ औं आईजीपी बनेका छन्। उनी गत