भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट्दै

  • बिहीबार २० कात्िक २०८३ ०२:३४ AM
काठमाण्डु – नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दैछन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीसँग भेटघाटपछि भारतीय विदेश सचिव मिस्री बिहीबार अपराह्न स्वदेश फर्किने छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा बुधबार बिहान नेपाल आएका उनले सरकारका विभिन्न