प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीचमा बार्ता सुरू

 काठमाण्डौँ - प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीचमा बार्ता शुरू भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेको जनाएको छ ।

सो समाचार अनुसार एक जनाले जनाएका छन कि पहिलो चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा एक सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन् । ‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरायली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरूलाई रिहा हुनेछन, ’ टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।