विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित